• मंसिर १३ २०८१, बिहीबार

‘कानून व्यवसायीहरुको संस्था ‘बार’को अगाडि ‘रेष्टुरेन्ट’ शब्द पनि थप्ने हो कि ? : दीपकराज गिरी

कार्तिक १२ २०७८, शुक्रबार

काठमाडौं । नेपाल बार एशोसिएसनको परिसरमा दुई जना कानून व्यवसायीबीच भएको कुटपिटको भिडियो सामाजिक संजालमा सार्वजनिक भएसंगै विभिन्न टिकाटिप्पणी हुन थालेको छ ।

शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबिच कुटपिट भएको हो ।

यही विषयमा कलाकार तथा निर्माता दीपकराज गिरीले पनि यसबारे लेखेका छन् । उनले यश विषयलाई व्याङ्यात्मक रुपमा ‘बार’को अगाडि रेष्टुरेन्ट शब्द थप्ने हो कि भनेर लेखेका छन् । दीपक लेख्छन्–‘कानून व्यवसायीहरुको संस्था ‘बार’को अगाडि ‘रेष्टुरेन्ट’ शब्द पनि थप्ने हो कि ? त्यसपछि रेष्टुरेन्ट एन्ड बार हुन्थ्यो । जति कु’टाकु’ट गरे पनि भो ।’ेहरू