विश्वका विभिन्न देशहरुको एक–अर्कासँग कूटनीतिक तथा राजनीतिक सम्बन्ध रहेको हुन्छ र रहँदै आएको छ तर कुनै–कुनै देश यस्ता पनि छन् जसको मानसिकता र दृष्टिकोण प्रायः सँधै पूर्वाग्राही नै रहँदै आएको देखिएको छ ।
जति राम्रा काम भएपनि त्यसको प्रशंसा गर्नुुको साटो आलोचना गर्ने क्रम निरन्तर नै हुँदै आएको देखिएको छ भने त्यसको ठीक विपरीत कुनै–कुनै यस्ता राष्ट्रहरु पनि छन् । जसले निरन्तर रुपमा अवाञ्छनीय गतिविधि सञ्चालित गर्दै आए तापनि त्यसको विरोधमा कहिले केही प्रदर्शन र नकारात्मकजस्ता आवाजसम्म नउठ्ने गरेको देखिएको छ ।
यस प्रसंगमा विचार गर्दा कुनै त्यस्तो विध्वंस र अप्रिय काम–कार्वाही नभएपनि राष्ट्र निशेषप्रति आक्रोश र विरोधको क्रममा कुनै कमी आएको देखिएको छैन । त्यसको मूल कारण अरु केही नभई पूर्वाग्रहपूर्ण मानसिकता र दृष्टिकोण रहेको मात्र भन्न सकिन्छ ।
त्यसको ठीकविपरीत सँधै विकृतिजन्य क्रियाकलापको राष्ट्रव्यापी स्तरमा सञ्चालन गर्नेविरुद्ध कहिले कुनै विरोध र आक्रोश नदेखिएपछि त्यो स्पष्ट हुन आउँछ कि त्यो पूर्वाग्राही मानसिकता र दृष्टिकोणको उपज मात्र हो र त्यस क्रममा एक राष्ट्रविरुद्ध मात्र त्यसो हुने गरेबाट त्यो छर्लङ्ग हुन आउँछ ।
विश्वका विभिन्न राष्ट्रहरुबीच आआफ्नो आवश्यकता, व्यवहारिकता, परिस्थिति, कारोबारिक अनुकूलताअनुरुप सम्बन्ध कायम रहेको हुन्छ, जसलाई समय र आवश्यकताअनुसार उभय पक्षअनुकूल हुनेगरी कार्यान्वयन गरिने चलन धेरै अघिदेखि नै चल्दै आएको छ । द्विपक्षीय सम्बन्धको प्रकृति पनि फरक–फरक खालको हुने गदर्छ ।
सम्बन्धको प्रकृति हेर्दा छिमेकी मुलुकसँगको सम्बन्धको प्रकृति टाढा रहेका राष्ट्रहरुको दाँजोमा फरक प्रकारको मात्रै नरहेको विशिष्ट प्रकारको समेत रहेको छ । यस सम्बन्धमा छिमेकी मुलुक भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी भनाइलाई उल्लेख गर्नु सान्दर्भिक हुन आएको छ ।
उनले भनेका थिए– ‘मित्रलाई फेर्न सकिन्छ, तर छिमेकीलाई फेर्न सकिँदैन ।’ भनाइको अर्थ हो कि छिमेकीको भूमिका र साहचर्य दीर्घकालिक हुन्छ, जसलाई क्षणिक आवेशमा आएर संकीर्ण सोच सीमित मानसिकताको दृष्टिबाट हेर्नु हुँदैन ।
छिमेकीहरुसँग धेरै सोच विचार गरेर उदात्त विचार राखेर तद्नुरुप नै पहल गर्नु हरदृष्टिले महत्वपूर्ण र फलदायी हुन्छ । क्षणिक मानसिकता र आवेशमा आएर भावनात्मक संवेगलाई संयमित राखेरमात्र व्यवहार गरेमा छिमेकीसँगको सम्बन्धलाई प्रगाढ़ र अनुकूल प्रकृतिको रुपमा संरक्षित गर्न सकिन्छ ।
नेपालका छिमेकी विश्वका दुई ठूला विशाल राष्ट्र रहेका छन्–दक्षिणमा मात्र विशाल र प्रगतिशील राष्ट्र भारत रहेको छैन कि पूर्व र पश्चिम समेत भारत नै रहेको छ । त्यस्तै उत्तरको छिमेकी विशाल राष्ट्र चीनपनि रहेको छ ।
यस प्रकार हेर्दा नेपाल दुई विश्वका दुई ठूला र शक्तिसम्पन्न विशाल राष्ट्रको बीचमा रहेको छ भने दुबैतिरको विशाल र शक्तिशाली राष्ट्रहरुको संरक्षण र सहयोग समेत प्राप्त गर्दै आएको छ ।
स्वरुपको दृष्टिले उध्र्वलिखित तीन राष्ट्र मध्यचीन भारतको विश्वकै इतिहासमा विशिष्ट पहचान र महत्व रहेको भएपनि वैश्विक परिवेशमा भारतको भूमिका अलि बढी चर्चित र प्रभावकारी समेत रहँदै आएको छ किनकि भारतका राष्ट्रपिता महात्मा गान्धी त्याग र समर्पणका दृष्टिले अग्रणि रहनु भएकाले उनलाई विश्वले ‘बापू’ का नामले समेत चिन्ने गरेको छ ।
त्यस्तै विश्वका राजनीतिक व्यक्तित्व तथा प्रधानमन्त्रीमध्ये भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु आफ्नो राजनीतिक र दूरदर्शिता, कार्यदक्षता, निर्णायक क्षमता, प्रतिमा तथा त्याग आदि दृष्टिले समेत विशिष्ट व्यक्तित्वको रुपमा सुपरिचित रहेका छन् ।
तत्कालीन विश्वको अग्रणी, सम्पन्न र धनी परिवारका सन्तान वा एकमात्र पुत्र भएकोले विद्यार्थी जीवनसम्म शाही ठाँटबाँटमा पले–बढेको भएपनि भारतको प्रथम प्रधानमन्त्रीका नियुक्त भएपछि देशको भ्रमणको क्रममा जाँदा देशका विभिन्न भागका अधिसंख्यक जनताको जीवनयापन र अवस्था हेर्दा उनले आफ्ना सारा पैतृक सम्पति देशका नाममा समर्पित गरेर पहिलो पटक खादीको वस्त्र धारण गर्दा उनके पूरै जीवन नै रगताम्य हुन पुगेको सम्बन्धमा स्तम्भकारले राज्यकालमा नै आफ्ना पिता तथा गुरुबाट थाह पाएका थिए ।
त्यति मात्र होइन कि उनकी जीनवसंगीनी कमला नेहरुको एक पुत्री इन्दिराको जन्मपश्चात् उनका केही शुभचिन्तकले उनलाई अर्को बिबाह गर्न अनुरोध गर्दा उनले– “मोती से निकला जवाहर, अब कहीं पत्थर न हो जाए’ भन्ने आफ्नो दृढ भावना र अडान अभिव्यक्त गरेका थिए ।
पछि उनकी एक पुत्री इन्दिरा गान्धी भारतको प्रधानमन्त्री भएपछि भारतको विविध क्षेत्र वा उनको कार्यदक्षता, निर्णय क्षमता, प्रतिभा र व्यक्तित्वको आकलन गर्दै भारतमा भन्ने गर्वपूर्ण अभिव्यक्तिको उद्घोष भारतसँगै विश्वका अन्य देशहरुमा समेत अनुगुञ्जित समेत भएको थियो ।
जहाँसम्म नेपालको कुरा छ, नेपालका सत्तासीनले उभय राष्ट्रबाट प्रेरणा लिएर अघि बढ्ने प्रयत्न गर्नुपर्छ । असल र गलत दुवै पक्ष एक–अर्कासँग प्रायःसम्बद्ध नै रहेको हुन्छ । किनकि केवल राम्रा पक्ष मात्र रहिरहेमा त्यो पनि अतीतको नै प्रतीक हुन जान्छ ।
त्यस्तै नराम्रा पक्षहरुको बाहुल्यता भएको खण्डमा विकास र निर्माणका कार्यहरु अवरोधित भई राष्ट्र नै असफल घोषित हुने सम्भावना बढिरहन्छ । हालको परिप्रेक्ष्यमा विगतमा रहेको भारत र चीन बीचको कटुतापूर्ण सम्बन्ध कायम हुन पुग्नु उभय पक्षको सकारात्मक सोचको अभिवृद्धि नै हो ।
नेपालमा पनि विगतमा भारतप्रतिजस्तो नकारात्मक सोचसँगै भारत टिकाटिप्पणी गर्ने मानसिकता रहेको थियो, त्यसमा विगतको दाँजोमा धेरै सुधार भइसकेको छ, जसलाई राम्रो मान्न सकिन्छ ।
निष्कर्षत :
आजको बदलिँदो विश्वको परिवेशमा सबै अर्कोको नराम्रो पक्षलाई सकेसम्म त्यागगरी राम्रा पक्षलाई आत्मसात् गरी आफ्ना परिस्थिति, अवस्था, संभाव्यता, समसामयिक र दृष्टिकोणलाई प्राथमिकता दिई तद्नुरुप कार्यान्वयन गर्नेतिर लागेमा कुनै राष्ट्र पनि कसैको प्रगतिमा बाधक बन्ने छैन, बरु सहयोगी भएर नै सघाउने छ ।
फलस्वरुप विश्व बन्धुत्वको भावनाको विकास भई ‘वसुधैव कुटुम्बकम्’ को वातावरण श्रृजित गर्नमा सघाउनेछ र अंगे्रजीमा यस उखान हो । मात्रको वातावरण र संस्कार स्थापित हुन जानेछ । दानवताको भावनाको लोप भई त्यसमाथि मानवताको भावनाको वर्चश्व हुँदै जानेछ । जो प्रगति र विकासका लागि अपरिहार्य छ ।