• मंसिर १३ २०८१, बिहीबार

एमाले केन्द्रीय कमिटी बैठक जारी

कार्तिक १२ २०७८, शुक्रबार

काठमाडौँ। दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठकमा अहिले छलफल जारी छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा जारी बैठकमा महाधिवेशनमा भाग लिने प्रतिनिधिको मापदण्ड र कार्यतालिकाबारे बिहीबारको स्थायी कमिटी बैठकमा निर्णय अनुमोदन, वडा र पालिकाको अधिवेशनको रिपोर्टिङ र समीक्षाको कार्यसूची राखिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार ५३६ प्रतिनिधि छान्ने तय गरेको थियो ।

आगामी मङ्सिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषद्बाट २६२ जना पदेन प्रतिनिधि हुनेछन् । यस्तै भूगोलबाट एक हजार १९६ र प्रवास क्षेत्रबाट २० तथा पार्टी निकट प्रत्येक जनसङ्गठनबाट पाँच जना प्रतिनिधि चयन हुनेछन् ।