काठमाडौँ। नेपाल बार एशोसिएशनको परिसरभित्रै कानुन व्यवसायी कुटिएका छन् । कुटिने र कुट्ने दुबै अधिवक्ता रहेका छन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाबारे अदालत र बारबाट आवाज उठिरहेका बेला यसै विषयमा विवाद हुँदा बार परिसरभित्रै कानुनकर्मी नै कुटिएका हुन् ।
सर्वोच्चका न्यायाधीशहरु इजलाशमा फर्कनुपर्ने र बेञ्च सुचालु गर्नुपर्ने पक्षमा बोल्दा अधिवक्ता भूमिनन्द चुँडाललाई कुटपीट गरिएको हो । उनलाई थप्पड हानिएको हो ।
चुँडालमाथि हातपात गर्ने अधिवक्ता भने विराट न्यौपाने भएको बताइएको छ।