कात्तिक १२, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । फेसबुकका प्रमुख मार्क जुकरबर्गले कम्पनीको नाम मेटा राखिएको जानकारी दिए ।
एउटा भर्चुअल सम्मेलनमा ‘मेटाभर्स’ बनाउने योजना सार्वजनिक गर्दै कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका हुन् ।
जुकरबर्गले बिहीबार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिक समेत गरे । नयाँ लोगो इनफिनिटी आकारमा छ ।