• असार २५ २०८१, सोमबार

विहेको जालमा पारि बर्बाद पारिएकी मालती

कार्तिक ११ २०७८, बिहीबार

घोराही, ११ कार्तिक ।
आजभोली कोठामा राखिएका भगवानका मूर्तीमा पटक पटक बिन्ति चढाउने मालती (नाम परिवर्तन) दैनिकी भएको छ । दाङको लमही नगरपालिकामा घर भई घोराही–१५ भाडामा बस्ने मालती अरुसित बोल्दा बोल्दै झस्किन्छन् । आङमा देउता चढेको भन्दै भ्रङ्ग गर्ने र थर्थराउने स्वभाव देखाउँछिन् ।

यस अघि राजनीतिक दलको कार्यकर्ता, समाजसेवी र गाउँको विकास निर्माणको अगुवाई गरेको अनुभव सुनाउँछिन् । यति बेला भने ऋणी लमहि कै एक पुरुषका नामको चार लाख रुपैयाँको तमसुक बोकेर प्रहरीमा धाउँछिन् । पत्रकार गुहार्छिन् । उपाए नलागे अप्रिय कदम चाल्न बाध्य हुने निश्कर्ष सुनाउँछिन् । दैनिक धेरैपटक रुन्छिन् । तिनी झर्किएको र रोएको छिन् मै देख्न पाइन्छ ।

उनको तमसुक कागजमा चार लाख लगेको साँचो हो । तिर्ने कबोल मिति २०७७ पुस २२ गते २० हजार, माघ १५ गते एक लाख ० हजार र बाँकी दुईलाख २०७ भदौ ३० गते भित्र थैली रकम तिर्ने उल्लेख छ । त्यसमा २०७७ पुस २१ गते गरिएको कागज अनुसार अहिलेसम्म ती पुरुषले पैसा दिइसक्नु पर्ने हो । उहाँका अनुसार तमसुक अनुसारको रकम पाउनु भएको छैन ।

लमही नपाकै राम्रै परिवामा विवाह भई बच्चा थिए । उनी भारतमा कमाउन जाने आउने गर्थे । यता मालती बीमा बनाउने र सामाजिक काममा सकृय हुने गर्दथिन् । त्यसैक्रममा बीमाकै कर्मचारीसँग चिनजान हुँदै हिमचिम बढ्यो । उनीहरु बीचमा अरुले थाहापाउने गरी बस उठ चल्यो ।

उनीहरुको बस उठ् नछुटिने गरी बढ्यो । मालतीका अनुसारसँगै हिंडेको र बसेको देखेका गाउँलले श्रीमान्लाई परपुरुषसित सम्बन्ध बढेको भनेर श्रीमतिका कुरा सुनाइदिए । त्यसकै आधारमा कुटपिट चल्यो । झगडाको रुप चर्किएपछि प्रहरीमा उजुरबाजुर भयो । यता पछिल्ला पुरुषले घरमा श्रीमतिसँग सम्बन्ध नरहेको र आफूलाई गतिली श्रीमति चाएिको भनेर फकाए । घरको भन्दा राम्रो देखेकी मालती विश्वासमा परिन् । अदालत पुगेर श्रीमान्सँग सम्वन्ध विच्छेद गरिन् । एकहोरिएर पछिल्लो पुरुषका भरमा जीवन निर्वाह गर्न शुरु गरिन् ।

एकसरिएर मालती हिंडेपनि घरमा तत्कालै लैजान नसक्ने अड्को थापे । त्यस बेला कारण खोज्न तर्फ मालती लागिनन् । भनेपछि दुई महिना जति गढवामा कोठा लिएर बसेको मालतीको भनाइ छ । उनले त्यसबेला बुझ्न चाहेको भए पुरुषको घरमा श्रीमतिसँग राम्रो सम्बन्ध रहेको खुल्ने थियो । माया प्रेमले अन्धो बनेकी उनले भरविश्वासले जेजे भनेपनि पत्याईन् ।

सम्बन्ध स्थापित भएपछि गहना बेचेरै खर्च गरेको उनी बताउँछिन् । दुई महिना गढवामा बिताएपछि यहाँ पनि सुरक्षा नहुन सक्छ घोराही जाउँ भनेर उनीहरु ट्राफिक चोक नजिक होटल गर्न थाले । त्यतिबेला पनि बाँकी रहेको गहना बेचेर सामान जुटाएको उनको भनाई छ । त्यसपछि भने ती पुरुषका छोरा र श्रीमतिको मालतीको मोबाईलमा तारन्तार फोन आउन थालिसकेको थियोे । त्यसपछि सिम फालीन्, होटल बेचिन् र एउटा कोठामा भाडामा बस्न शुरु गरिन् । गतिलो परिवारमा घरजम गरेर बसेको मालतीको जीवन भाडाका कमसल घरमा पुग्यो ।

‘मलाई बचाउन विवाह गरेको छैन भन्नु नत्र काट्छन भन्यो’ मालतीले भनिन् ‘उहाँ सर हो म अभिकर्ता हो भनेर ढाँटे ।’ उनले अहिले त्यति बेलै बुद्धि नपुग्दा दुःख पाएको स्विकारीन् । ठूलै सजाय भोगिरहेको तिनको भनाई छ । उनी आफू मात्रै होइन १३ वर्षे छोरीलाई पनि साथमा लिएकी छिन् । तिनको पढाई लेखाइपनि अलपत्र परेको छ ।

गुजारा चलाउन पनि मुश्किल हुँदै गएको छ । ‘उसको सुरक्षाका लागि विहे गरेको हुँदै होइन भनेर ढाँटे’, मालतीले भनिन् ‘उसलाई बचाउन मैले ठूलो भुल गरेँ, त्यति बेलै सबै भन्नुपर्ने रहेछ ।’ उनका अनुसार त्यत्ति बुद्धि नपुग्दा दुःख पाइयो । अहिले पच्छिल्लो पुरुष सम्पर्कमा छैनन् । श्रीमान सित कानुनीरुपमै सम्वन्ध बिच्छेद भइसक्यो । विधि नपुगेको तमसुक देखाउँदै मालतीले प्रहरीमा न्याय मागेकी छिन् ।

मैले डिभोर्स गरेको छु, छुटै बस्न लागेको आठ नौ वर्ष भइसक्यो । एउटै घरमा बस्छौं । मेरा दाजुभाईले पनि कमाएको देख्नै सक्दैनन् भनेर फकाएका थिए । त्यो सब मालतीलाई फकाउने झुठो बयान थियोे । त्यही मिठो बोलिका भरमा अघिल्लो श्रीमानसँग सम्बन्ध बिच्छेद गरेकी थिइन् । उनी आफ्नो परिवारमा फर्किए । मालती भने फर्केर जाने ठाउँ कानुनी रुपमै रहेन ।

त्यसपछि शुरु भएको लफडाका कारण होटल पनि बन्द भयो । अहिले गुजारा चलाउँछु दुई तिन वर्षपछि घरमा राख्छु भनेका थिए । रुखको बुटामुनि लगेर पनि पाल्छु भनेर ती पुरुषले मालतीका आमा र बहिनीसित पनि बाचा गरेको सुनाउँछिन् । त्यसरी तिनै जनाले विश्वास गरेपछि छँदा खाँदाको घर छोडिन् । घरमा श्रीमति एक छोरा र छोरी रहेको प्रमाणित भयोे । उनीहरुसँग पनि कुनै खटपट भएको देखिएन । मालती र उनका माईतीसित गरेका बाचा ढाँटेको प्रमाणित भयो ।

आफू अन्तिम विकल्प खोज्न लागेको बताउँछिन् । छोरीलाई स्कूल पठाउन सकेकी छैनन् । आज भोलि गर्दै दिन बितेका छन् । चाँडै न्याय पाइने छाँट देखेकी छैनिन् । न त सामाजिक जीवन नै बचेको महशुस गरेकी छिन् । उनले आफ्नो रकम असुल गरी न्याय नदिए अप्रिय कदम चाल्ने सूचना प्रहरीलाई पनि दिएको बताइन् । आफूसँग धेरै उपाए नरहेको अन्याय सहन नसकिएको भनाइ छ । उता प्रहरीले पनि विवाह गरेको प्रमाण सोध्न गरेको छ, रकम लगेको प्रमाणपनि जुटाउन भनेको छ । विधि पुगेका यस्ता दुवै खाले प्रमाण मालतीको साथमा छैन ।

उनले न्याय पाई हाल्ने गतिलो प्रमाणपनि पेश गर्न सकेकी छैनिन् । अन्तिम विकल्प बलात्कार मुद्धा हालेर प्रहरीमा झिकाई छलफल गराउने उपाए कानुनी सल्लाह पाएको बताइन् । त्यसरी मन शान्ति गरेपनि परपुरुषसँगको अनुचित सम्बन्धको भुलले उनको जीवन भने पुरै बदलिएको छ । न त उनले खोजे जस्तो न्याय पाउने आधार देखिन्छ । त्यसैले पनि हुनुपर्छ आफूलाई माता भनेर सम्बोधन गरेको रुचाउन थालेकी छिन् । कोठामा रहेका मूर्तीमा लिन हुन्छन्, सबै चिज छोडेर भगवानको सेवामा लाग्ने बताउँछिन् ।