• मंसिर १३ २०८१, बिहीबार

भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस

कार्तिक ११ २०७८, बिहीबार

काठमाडौँ। सरकारले तीन मित्र राष्ट्रहरुका लागि नयाँ राजदूत सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफरिस गरेको हो।

मन्त्रिपरिषदले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्यलाई बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।

सिफारिस भएका राजदूतहरू संसदीय सुनुवाइबाट अनुमोदन भए उनीहरूलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ।