काठमाडौँ। प्रतिनिधिसभा बैठक कत्तिक २९ गतेसम्मका लागि स्थगित भएको छ। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गजेन्द्र हमालले दिएको राजीनामा स्वीकृत भएकोबारे राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए।
लगत्तै अर्को बैठक कात्तिक २९ गते सोमबार बस्ने गरी सभामुख सापकोटाले प्रतिनिधि सभाको बिहीबारको बैठक स्थगित भएको घोषणा गरेका थिए ।