काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे सत्तारूढ गठबन्धनभित्र छलफल नभएको बताएका छन्। धनगढीमा आज पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले भने ‘महाअभियोग लगाउने विषय छलफलमा प्रवेश नै गरेको छैन।,’ उनले न्यायपालिकालाई स्वतन्त्र तवरले काम गर्न दिइनुपर्ने पनि बताए। उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतमा हस्तक्षेप गरेकोले अहिलेको अवस्था आएको दाबी गरे।
केही दिन अघि मात्र एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापना फैसला गर्ने न्यायाधीशको राजीनामाको माग गरेका थिए । तर, नेपालले उक्त विषय नाजायज र अनुचित भएको बताए । ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको नेपालको जिकिर छ।