• मंसिर १३ २०८१, बिहीबार

बागमती प्रदेश : मुख्यमन्त्री शाक्यले राजीनामा दिने

कार्तिक १० २०७८, बुधबार

काठमाडौँ। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन्। आज बस्ने प्रदेशसभाको बैठकमा सम्बोधनपछि मुख्यमन्त्री शाक्यले राजीनामा दिने तयारी गरेकी हुन्।

गत भदौ २४ गते मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतमाथि आज छलफल हुँदैछ । एक बजेका लागि बोलाइएको बैठक अझैसम्म चल्न सकेको छैन ।

अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्यले राजीनामाको तयारी गरेकी हुन् । त्यससँगै विपक्षी गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका लागि सिफारिस गरिएको छ ।