कपालमा पर्ने चायाँले प्राय सबैलाई सताउने गर्दछ ।
बजारमा चायाँ हटाउने अनेक थरी सामान पाइन्छन् तर पनि कतिले काम गर्छन् कतिले गर्दैनन् । चायाँलाई हटाउन घरेलु उपाय पनि अपनाउन सकिन्छ भन्ने कमैलाई थाहा होला । थाहा नहुनेहरुलाई यस्ता छन् चायाँ हटाउने घरेलुु उपाय :
१. कालो माटो कपालका लागि राम्रो मानिन्छ । दुई घन्टा कालो माटोलाई पानीमा भिजाएर कपाल धुनुस् । कपाल मुलायम पनि हुन्छ अनि चायाँ पनि हट्छ ।
२. दहीमा बेसन घोलेर कपालको जरासम्म पुग्नेगरी धुनुस् । यसो गर्दा कपाल चम्किलो हुन्छ अनि चायाँ पनि हराउँछ ।
३. पिसेको मेहेन्दी एक कप, अलिकति कफी पाउडर, एक चम्चा दही, एक चम्चा कागतीको रस, एक चम्चा दही, एक चम्चा पानको कत्था, एक चम्चा अमलाको धूलो र एक चम्चा पुदिनाको धूलो मिसाएर पानीमा भिजाएर राख्नुस् । त्यसपछि कपालमा एक घन्टासम्म यो मिश्रण राख्नुस् । त्यसपछि मजाले कपाल धुनुस् । कपाल मुलायम र कालो हुन्छ अनि चायाँ पनि गायब हुन्छ ।
एजेन्सी