• मंसिर ७ २०८१, शुक्रबार

शैक्षिक विकृति विरुद्ध जागे विद्यार्थी संगठनहरु

कार्तिक ९ २०७८, मंगलवार

घोराही । फरकफरक राजनीतिक पृष्ठभूमि बोकेका संगठनको साझा सहकार्यमा शैक्षिक मुद्दामाथी आन्दोलन उठेको बिरलै देखिन्छ ।
तर दाङमा तीन वाम विद्यार्थी आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका नेकपा –ए.समाजवादी) निकट अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य चिरञ्जीवी ओली, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला कमिटी उपाध्यक्ष डिभाइड शर्मा र नेकपा (एमाले) निकट अनेरास्ववियु दाङ जिल्ला संयोजक सर्जन परियार लगायत तिनै संगठनका जिल्ला कमिटीका नेताहरु मिलेर शैक्षिक मुद्दा, समग्र शैक्षिक विकृति र विसङ्गतिको समाधान गर्ने उचित मार्गमा हिंडेको देखिएको छ ।

कार्तिक ८ गते सोमबार तीन विद्यार्थी संगठनका जिल्ला प्रमुख तथा प्रतिनिधि मिलेर पश्चिम दाङको बबई गापा अन्तर्गत जनता मावि हंसपुरमा पुगेर समग्र शैक्षिक व्यवस्था र प्रणालीमाथी हस्तक्षेप गर्ने मण्डले प्रवृत्तिको अन्त्यको लागि एकजुट भएको सङ्केत गरेका छन् ।

विद्यार्थीको ढाड सेकिने गरि तेब्बर बढी शुल्क उठाइएको र आफूखुशी बिना विज्ञापन शिक्षक नियुक्ति गर्ने अनाधिकृत कार्य विद्यालय प्रशासनले गरेको खबर प्राप्त भएपछि उक्त समस्या समाधानको वैकलिल्पक मार्ग खोज्न संगठनहरु अग्रसर भएका हुन् ।

त्यस्तै, दाङ जिल्ला भित्र हुने गरेका शैक्षिक समस्यालाई समाधानको बाटो देखाउन सबै संगठन क्रियाशिल हुनुपर्ने साथै जनता माविमा देखिएको शैक्षिक समस्याले समग्र जिल्लाकै समस्या जस्तो अनुभूति भएकोले विद्यार्थी संगठनहरुको विशेष ध्यानाकर्षण भएको उपस्तिथि एक विद्यार्थी नेताले जानकारी दिए ।