• मंसिर १३ २०८१, बिहीबार

परमादेश जारी गर्ने पाँचै न्यायाधीशले राजीनामा गरे हुन्छ : केपी ओली

कार्तिक ९ २०७८, मंगलवार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने पाँचै जना न्यायाधीशले राजीनामा गर्दा उपयुक्त हुने बताएका छन्।

नेकपा एमालेको पालिका अधिवेशनको मंगलबार भर्चुअल उद्‍घाटन गर्दै ओलीले परमादेश जारी गरेर देशलाई यो हालतमा पुर्‍याउने पाँचै जनाले राजीनामा गरे उपयुक्त हुने बताएका हुन्। उनले तमासा नदेखाउन र अदालतलाई मर्यादित बनाउन आग्रह गरे ।

‘सर्वोच्च अदालतमा आफैं तमासा देखिएको छ, श्रीमान् न्यायाधीशहरू आफैं आन्दोलनमा हुनुहुन्छ । परमादेश त एक जनाले होइन, पाँचै जनाले गर्नुभएको थियो होला । पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र ?’ ओलीले भने,

जनताको न्यायको भरोसाको केन्द्र रहेको अदालत विश्वासिलो बनाउनुपर्नेमा जोड दिँदै उनले अदालतमा तमासा देखाउन नहुने बताए ।