नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशको राजीनामाका विषयमा एमाले तथस्ट बस्ने बताएका छन्। प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले प्रधानन्यायाधीशको राजीनामा सम्बन्धमा कतैपट्टी पनि पक्षधरता नदेखाउने बताए।
उनले भने, ‘प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने र नपर्ने विषयमा एमाले कतैपट्टी पनि पक्षधरता देखाउँदैन।’
ओलीले सर्वोच्च अदालतका नाममा राजनीति भइरहेको टिप्पणी गरे। उनले न्यायलय प्रधानन्यायाधीशको इच्छाबमोजिम नभई संविधान बमोजिम चल्नुपर्नेमा जोड दिए।उनले भने ‘अदालत भित्र अशोभनीय गुटबन्धी गर्ने नभई संविधान अनुसार न्ययालय चल्नुपर्छ।’ न्यायलय लोकतन्त्रको स्तम्भ भएकाले निक्ष्पक्ष, स्वतन्त्र र शक्ती पृथकिकरणको सिद्धान्त अनुसार न्यायलय चल्नुपर्छ।
ओलीले अहिलेको गठबन्धनको काम राजनीतिक प्रणालीमाथि प्राहार गर्ने भएकाले सिस्टममाथि निरन्तर प्रहार गरिरहेको आरोप लगाए। ओलीले गठबन्धनको सरकारले कुनै पनि सकारात्मक काम गर्न नसकेको टिप्पणी गरे।