• मंसिर १३ २०८१, बिहीबार

नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त

कार्तिक ८ २०७८, सोमबार

काठमाडौं। सरकारले नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

सरकारले एयरलाइन्सका अध्यक्ष सुशील घिमिरेको राजीनामासमेत स्वीकृत गरेको छ ।