• मंसिर १३ २०८१, बिहीबार

प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने सर्वोच्चका न्यायाधीशको निष्कर्ष

कार्तिक ८ २०७८, सोमबार

काठमाडौँ। सर्वोच्च अदालतका १३ जना न्यायाधीशहरूको बैठक सकिएको छ। न्यायाधीशहरूको बैठकले अदालतको प्रमुख समस्या नै प्रधानन्यायाशीश चोलेन्द्रशम्सेर राणा रहेको निष्कर्ष निकाल्दै उनले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।

बिहान ११ बजे पछि झन्डै तीन घण्टा बसेको १३ जना सर्वोच्चका न्यायाधीशहरुको बैठकले मंगलबार प्रधानन्यायाधीश राणालाई भेटी मार्ग प्रशस्त गर्न आग्रह गर्ने सहमति पनि गरेका छन् ।

प्रधानन्याधीश र बिदामा रहेका न्यायाधीशबाहेक सबै न्यायाधीशहरूको बैठकले राणाले राजीनामा दिनुपर्ने निचोड निकालेको हो । बिदामा बसेका न्यायाधीशले पनि उक्त निर्णयमा ऐक्यबद्धता जनाएका छन् ।

यसैबीच सर्वोच्चो अदालत बार एसोसियशन र नेपाल बार एसोसियशनको बैठक अहिले बसिरहेको छ।