• मंसिर १३ २०८१, बिहीबार

काठमाडौँको सिनामंगलबाट ११ जना अफगानी नागरिक पक्राउ

कार्तिक ८ २०७८, सोमबार

काठमाडौँ। काठमाडौंको सिनामंगलबाट ११ जना अफगानी नागरिकहरु पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीको टोलीले सोमबार बिहान सिनामंगलको एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई अध्यागमन विभागलाई बुझाउने तयारी भएको ब्युरोले जनाएको छ ।

तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उनीहरु भागेर भारत हुँदै नेपाल आइपुगेको बताइएको छ।