काठमाडौँ। । सर्वोच्च अदालतको आजको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कारको निर्णय लिएका न्यायाधीशहरूको बैठक बस्दैछ ।
बैठक साेमबार बिहान ११ बजे बस्ने एक जना न्यायाधीशले जानकारी दिए । सर्वाेच्चमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित २० न्यायाधीश रहे पनि एक जना मुलुक बाहिर र चार जना उपत्यका बाहिर छन् । १४ जना न्यायाधीशहरू छलफलमा जुट्न लागेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली, कार्यक्षमता र नियतमाथि सडकमा प्रश्न उठेपछि न्यायाधीशहरूले फुल कोर्ट बहिस्कारको निर्णय गरेका थिए । आजको बैठकले भावि रणनीतिबारे थप निर्णय लिनेछ । प्रधानन्यायाधीश जबराले आइतबार न्यायाधीश र नेपाल वार एसोसियसनका पदाधिकारीसँग छलफल गरेर फुलकोर्ट बोलाएका थिए।