काठमाडौँ। अमेरिकाले नेपाललाई अनुदानस्वरुप प्रदान गरेको कोभिडबिरुद्धको १ लाख ६ सय २० डोज फाइजर खोप आइपुगेको छ । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप आइपुगेको हो ।
यो खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइनेछ । अमेरिकाले यसअघि जुलाईमा जोनसन एन्ड जोनसनको १० लाख ५३ हजार डोज खोप सहयोग गरेको थियो ।