• मंसिर १३ २०८१, बिहीबार

दाङमा यात्रु बाहक बस दुर्घटना हुँदा २१ यात्रु घाइते,सहचालकको मृत्यु

कार्तिक ७ २०७८, आईतवार

दाङ । दाङमा यात्रु बाहक बस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

तुलसीपुर–घोराही सडक खण्डको मोतीपुरमा भएको बस दुर्घटनामा परी बसका सहचालक प्रेम परियारको मृत्यु भएको हो ।

दाङ सदरमुकाम घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रु बाहक बस आइतबार साँझ दुर्घटना परेको छ । दुर्घटनामा परेर २८ वर्षकाका घोराही-१० घर भएका सहचालक परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले बताए ।

गाडीमा सवार अन्य २१ जना जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना६ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका ६ मोतीपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोतीपुरको ओरालोमा बस सडकबाट खोलामा खस्दा २१ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बसले च्यापेका सहचालक परियारलाई जेसिबीको साहयताले उद्धार गरिएको थियो । उद्धार गरेर अस्पताल पुर्‍याइएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।