विराटनगर। नेपाली काँग्रेस र नेकपा एमालेले आजको प्रदेश १ को प्रदेशसभा बैठक रोक्न माग गर्दै संसद सचिवालयमा निवेदन दर्ता गराएको छ ।
आजको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रस्तावमा छलफलमा तयारी भइरहेको बेला कांग्रेसले बैठक रोक्न माग गरेको हो ।
पार्टीभित्र छलफल गर्नुपर्ने र पार्टीका सभापति शेरबहादुर देउवा प्रदेश–१ का बाढी प्रभावित क्षेत्रको भ्रमणमा आएका कारण बैठक रोक्न माग गरिएको कांग्रेसले जनाएको छ।
यस्तै कांग्रेसले बैठक स्थगित गर्न माग गरेपछि सत्तारूढ दल एमालेले पनि बैठक रोक्न माग गरेको छ। एमालेले विभिन्न कार्यक्रम रहेको भन्दै कार्तिक १५ गतेमात्र बैठक राख्न माग गर्दै निवेदन दिएको हो।