• मंसिर १३ २०८१, बिहीबार

दाङमा सुमो दुर्घटना : ८ जना घाइते

कार्तिक ६ २०७८, शनिबार

दाङको देउखुरीमा टाटा सुमो गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । प्यूठानबाट दाङको सतबरीयातर्फ आउँदै गरेको रा १ज ७३७ नम्बरको सुमो गाडी शनिबार दिउँसो पौने १ बजेतिर पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नम्बर ७ अर्जुन खोलानजिकै अनियन्त्रित भएर दुर्घटनाहुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा प्युठान नगरपालिका वडा नं. ५ की १३ वर्षीया रविना घर्ती, २२ वर्षीया कुमारी राना, ५३ वर्षीया दिलसरा राना, प्यूठान-३ का आरोप खड्का, २२ वर्षीया लक्ष्मी खड्का, सोही ठाउँकै ३९ वर्षीय गणेश घर्ती, ८ वर्षीय विजय घर्तीमगर छन्।

त्यस्तै दुर्घटनामा दाङको लमही नगरपालिका वडा नं. ६ देउपुरका ३६ वर्षीय तुलसीराम न्यौपाने पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घाइतेहरूको लमही र घोराहीका अस्पतालमा उपचार भइरहेको छ। तीब्र गतिका कारण गाडी दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।

गाडी चालक २५ वर्षीय ऋषिराम नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।