• फाल्गुन २६ २०८२, मंगलवार

एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना

कार्तिक ५ २०७८, शुक्रबार

काठमाडौँ। । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । विगत केही दिनदेखि उच्च ज्वरोका कारण घरमै आराम गरिरहेका उनलाई ज्वरो नघटेपछि शुक्रबार वीर अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव प्रेम गुरागाईँले जानकारी दिएका छन्।

अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाह अनुसार सात दिनका लागि भेटघाट बन्द गरिएको छ ।