विराटनगर। प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले आइतबार विश्वासको मत लिने भएका छन्। कार्यव्यवस्था समितिको बैठकमा सो सहमति भएको हो । साथै मुख्यमन्त्री भीमप्रसाद आचार्यले संसद सचिवालयमा दर्ता गराएको विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभामा आजै टेबुल गर्ने सहमति भएको छ ।
सरकारको नेतृत्व गरेको दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानको व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले असोज २५ गने प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । तर, सूचना टाँस गरेर संसद बैठक कात्तिक ५ गतेसम्मका लागि स्थगित भएकोले त्यस प्रस्ताव आजको बैठकमा पेश हुने सम्भावना छ ।