काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेलमा जिपलाइन खेलको अनुभव लिएका छन् ।
रिफ्रेस हुन परिवारसहित बिहीबार साँझ धुलिखेल पुगेका प्रचण्डले क्लासिक जिपलाइनमा सयर गरेका हुन्।
साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा आझै रमाइलो भएको उनको भनाइ छ।
यो जिपलाइन ०७५ फागुनदेखि व्यावसायिक रुपमा चलेको हो। यसको दूरी ११ सय मिटर छ।