• मंसिर १३ २०८१, बिहीबार

`सिटिइभिटी´ अवलोकन गर्दै शिक्षामन्त्रीले भने – सीप र ज्ञानलाई रोजगारीसंग जोडेर अगाडि लैजानु

कार्तिक ४ २०७८, बिहीबार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को अवलोकन गर्दै सीप र ज्ञानलाई रोजगारीसंग जोडेर अगाडि लैजान निर्देशन दिएका छन् ।

सिटिइभिटीका अध्यक्षसमेत रहेका मन्त्री पौडेलले अवलोकनपछि आयोजित कार्यक्रममा ज्ञानलाई तालिमसँग, तालिमलाई उत्पादनसँग जोडेर लैजानुपर्ने औँल्याउँदै मौलिक हकका रूपमा रहेको रोजगारीसँग जोडेर सीप र ज्ञानलाई अगाडि लैजान निर्देशन दिएका हुन् ।

उत्पादनसँग जनशक्तिलाई जोडेर समाजवादतर्फ जानुपर्छ भन्दै उनले सिटिइभिटी अब आफैँ आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । रोजगारीको खोजी गर्दै सीप खोज्न आउने किसान, श्रमिक, गरिब, उत्पीडित लक्षित जनसमुदाय नै हुन् भन्दै उनले सीप खोज्न आउनेलाई रोजगारीमा आधारित ज्ञान र सीप दिनुपर्नेमा जोड दिए ।

मन्त्री पौडेलले भने– ‘उत्पादन, रोजगार र ज्ञानको केन्द्रका रूपमा अरुलाई योग्य जनशक्ति दिने गरी सिटिइभिटी अगाडि बढ्नुपर्छ, एकअर्कालाई समन्वय गरेर प्रतिस्पर्धा गरेर अन्तर समन्वय गर्दै अब ‘सिक, गर, कमाउ र आत्मनिर्भर होऔँ’, भन्ने नारा सिटिइभिटीले दिनुपर्छ ।’