काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विपत्तिलाई सामना गर्न यतिखेर दलीय एकताको खाँचो रहेको बताएका छन् ।
देश प्राकृतिक विपत्तिमा परेको र यतिखेर दलीय एकता खाँचो रहेको बताउँदै सबैजना एक भएर अघि बढ्नुपर्ने बताएका हुन् ।
नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समिति दमकले बिहीबार कांग्रेस पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले विपत्तिले सिङ्गो राष्ट्र डुबेका बेला सरकारसँगै सबै नागरिक उद्धार र राहतका कार्यमा एकजुट हुनुपर्ने धारणा राख्दै एक हुनुपर्ने साझा दायित्व भएको जोड दिए ।