काठमाडौं । वाग्मती प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमरकट्टेलले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।
बिहीबार प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै उनले विपक्षी गठबन्धनले नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेको भन्दै अब राजीनामा दिन आग्रह गरेका हुन् ।
‘आफ्नो राजनीतिक इमान्दारिता र नैतिकता बचाउनुपर्छ । गठबन्धनले निर्णय गरेर आइसकेको छ । तपाईले मार्गप्रशस्त गरिदिनुस्, राजीनामा गरिदिनुस् । तपाईले प्रदेशसमा आफ्नो कुरा राखिसक्नुभएको छ’ उनले भने ।
बिहीबार प्रदेशसभामा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदैछिन् ।