काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघिदेखि जारी बैठकमा संगठन विस्तार, सरकारका काम लगायत समसामयिक विषयमा छलफल हुने एजेण्डा रहेको जनाइएको छ।
गत सोमबार र मंगलबार बसेको सो पार्टीको बैठकले सम्मेलनको मिति हेरफेर गर्नुका साथै विभिन्न आयोगहरु गठन गरेको थियो ।
माओवादी केन्द्र आगामी पुस महिनामा राष्ट्रिय सम्मेलन गर्ने तयारीमा छ ।