• बैशाख १० २०८२, बुधबार

उत्तर कोरियाले गर्यो पनडुब्बीबाट मारहान्ने बलिस्टिक क्षेप्यास्त्र परिक्षण

कार्तिक ३ २०७८, बुधबार

काठमाडौँ । संसारले लगाउन खोजेको आर्थिक नाकाबन्दीका बाबजुद समाजवादी राष्ट्र उत्तर कोरिया लगातार आणविक हतियारको प्रक्षेपण गरिरहेको छ। लगातार क्षेप्यास्त्र परिक्षण र प्रक्षेपण गरेर उत्तर कोरियाले आफ्नो दुश्मन राष्ट्र भनिएको अमेरिकालाई तर्साइरहेको छ।

आफू अमेरिका भन्दा हतियारमा कुनै रुपमा कम नरहेको देखाउन उत्तर कोरियाले यसो गरिरहेको केही मानिसहरुको विश्लेषणकाबीच हालै उसले अर्को शक्तिशाली क्षेप्यास्त्रको सफलता पूर्वक परिक्षण गरेको जानकारी त्यहाँका संचार माध्यमले दिएका छन्।

उत्तर कोरियाको सरकारी संचार संस्था केसीएनएले पनडुब्बीबाट मार हानिने एउटा नयाँ बलिस्टिक क्षेप्यास्त्रको सफलता पूर्वक परिक्षण गरिएको जनाएको छ। केसीएनएले यस पटक गरिएको क्षेप्यास्त्रमा नियन्त्रण सम्बन्धी उन्नत प्रविधीहरु रहेको बताएको छ। विभिन्न स्रोतका अनुसार उत्तर कोरियाले सन् २०१६ मा परिक्षण गरिएको भेसलबाटै यो पछिल्लो परिक्षण पनि गरिएको पाइएको छ।

सधैंजसो राष्ट्रपति किम जोङ उनको उपस्थितिमा त्यस्ता शक्तिशाली हतियारहरु परिक्षण गर्दै आएको उत्तर कोरियाले यो पटक गरेको सो परिक्षणमा उनको उपस्थिति नदेखिएको अन्तरराष्ट्रिय समाचार माध्यमहरुले बताएका छन। उत्तर कोरियाले पछिल्ला दिनहरुमा एकपछि अर्को क्षेप्यास्त्रको परिक्षण गरेको देखिएको दक्षिण कोरियाका सैनिक अधिकारीहरुले बताउछन।

परिक्षण गरिएका उत्तर कोरियाका हतियाहरुमा हाइपरसोनिक र लामो दुरोसम्म मार हान्ने हतियार रहेको विशेषज्ञहरु बताउछन। उत्तर कोरियाले गर्ने यस्ता परिक्षणहरुको संयुक्त राज्य अमेरिका र जापान लगायतका देशहरुले आलोचना गर्ने गरेका छन्।

अमेरिका, दक्षिण कोरिया र जापानका गुप्तचर अधिकारीहरू दक्षिण कोरियाको राजधानी सोलमा भेला भएकै बेला उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणसम्बन्धी समाचार सार्वजनिक भएका हुन् ।