काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार गृहप्रदेश सुदूरपश्चिममा बाढीपहिरोले पुर्याएको क्षतिको निरीक्षणमा जाने भएका छन् । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रीसहित कांग्रेसका अन्य दुई नेतालाई लिएर देउवा बिहीबार सुदूरपश्चिम जान लागेका हुन् । देउवा सुदूरपश्चिम जाने समय भने तय नभइसकेको सचिवालयले जनाएको छ ।
आइतबारदेखि लगातार परेको वर्षाले सबैभन्दा बढी क्षति सुदूरपश्चिममा पुर्याएको छ ।