• मंसिर १३ २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा थप ६६२ जनामा कोरोना सङ्क्रमण ,१३ को मृत्यु

कार्तिक ३ २०७८, बुधबार

काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा थप ६६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०२२ पीसीआर परीक्षणमा ५३५ जना र १,४०४ एन्टिजेन परीक्षणमा १२७ जना गरी जम्मा ६६२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ ।