काठमाडौँ। सरकारले बाढी पहिरो र डुबानमा परेकालाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वर्षाका कारण देशको विभिन्न क्षेत्रमा गएको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई उद्दार, राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो।
गृहमन्त्री बालकृष्ण खाँणका अनुसार बैठकले घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराउने बताइएको छ ।
साथै, परिवारको एक जनामात्रै मृत्यु भएको अवस्थामा प्रतिपरिवार २ लाख रुपैयाँ र एकजना भन्दा धेरैको मृत्यु भएको भए प्रतिव्यक्ति थप १ लाखका दरले राहत दिने निर्णय भएको छ । बाढीपहिरोमा परी घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्नेछ ।