• मंसिर १३ २०८१, बिहीबार

एमालेसँग अन्य पार्टीको तुलना गर्न मिल्दैन : ओली

कार्तिक ३ २०७८, बुधबार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग अरु पार्टीको तुलना गर्न नमिल्ने बताएका छन्।

बुधबार बागमती प्रदेश कमिटीले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग मात्रै राजनीतिक गन्तव्य रहेको बताउँदै अन्य पार्टीले तुलना गर्न नहुने बताए ।

‘एमालेको तुलना अन्य पार्टीसँग हुनै सक्दैन। एमालेसँग मात्रै गन्तव्य छ। अरू कुनै पार्टीसँग छैन।’ ओलीले भने ।

उनले एमालेबाट टुक्रिएर एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपालले एमालेलाई सिध्याउँन लागिपरेको आरोप लगाए।

‘माधव नेपालको गुटको गन्तव्य नेकपा एमालेलाई सिध्याएर प्रतिक्रियावादीहरूलाई बलियो बनाउने हो। त्यो पनि गन्तव्य हो र ? त्यो त विनाश हो। विनाशलाई गन्तव्य भनिँदैन। जुन बिलकुल असम्भव छ,’ अध्यक्ष ओलीले भने ।

सत्तारुढ गठबन्धनको एकमात्रै ध्यान चुनावसम्म साँठगाँठ गर्ने रहेको उनको भनाइ थियो।