• मंसिर १२ २०८१, बुधबार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

कार्तिक ३ २०७८, बुधबार

काठमाडौँ। नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार प्रतितोला ९१ हजार ३०० रुपैँयामा कारोबार भएको छापावाल सुन बुधबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको हो।

यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी,बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।