काठमाडौँ। चीन सरकारले नेपाललाई थप २० लाख डोज कोरोना विरूद्धको खोप दिने घोषणा गरेको छ।
मंगलबार परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको टेलिफोन कुराकानीमा विदेशमन्त्री यीले थप २० लाख डोज खोप अनुदान दिने घोषणा गरेको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयका अनुसार टेलिफोन कुराकानीमा खड्का र यीबीच दुईपक्षीय सम्बन्ध, कोभिड–१९ विरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो ।
कुराकानीका क्रममा तातोपानी र रसुवागढी नाकाबाट थप कन्टेनर ल्याउन दिने विषयमा पनि छलफल भएको बताइएको छ ।