• मंसिर १३ २०८१, बिहीबार

रुबी खानले तोडिन् आमरण अनसन

कार्तिक २ २०७८, मंगलवार

काठमाडौँ । १२ दिनदेखि अनसनमा रहेकी नेपालगञ्जकी महिला अधिकारकर्मी रुबी खानले आमरण अनसन तोडेकी छन् । गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानविन समिति गठन गर्ने सहमति भएसँगै मंगलबार माइतीघर मण्डलमा मानअवधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलकाे हातबाट जुस खाएर खानले अनसन तोडेकी हुन् ।

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा छानबिन तथा अनुसन्धान गर्न माग गर्दै खानसहित नेपालगन्जबाट १४ महिला २० दिनको पैदल यात्रा गरी काठमाडौं आइपुगेका थिए ।

छानबिन समितिलाई ७ दिनको म्याद दिएर प्रतिवेदन बुझाउन निर्देशन दिइएकाे छ ।