काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बसिरहेको छ । सोमबारबाट सुरु भएको स्थायी कमिटी आज (मंगलबार) दोस्रो दिन पनि जारी रहेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजेबाट बैठक जारी छ।
बैठकमा आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलन केन्द्रित छलफल भइरहेको बताइएको छ । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । राष्ट्रिय सम्मेलनअघि पार्टी कमिटीका तल्ला तहका अधिवेशनहरू गर्ने तयारीमा रहेको सो पार्टीले आगामी साता कार्तिक १३ गते वडा सम्मेलन गर्नेछ । त्यस्तै मङ्सिर ४ गते पालिकाहरूको सम्मेलन गर्ने प्रस्ताव गरिएको छ ।