काठमाडौँ। सरकारले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।