• मंसिर १३ २०८१, बिहीबार

मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड नर्भिक अस्पतालमा

कार्तिक १ २०७८, सोमबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड क्रान्तिकारी माओवादीका अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य(किरण)लाई भेट्न नर्भिक अस्पताल पुगेका छन्। दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत् वैद्यलाई भेट्न प्रचण्ड नर्भिक अस्पताल पुगेका हुन् ।

उनले उपचाररत वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्यमा समस्या भएपछि वैद्यलाई आइतबार बिहान नर्भिक अस्पताल भर्ना गरिएको थियो।