दाँतको दुखाइ प्राय सबैलाई हुने गरेको छ ।
दाँतको उपचार महंगो पनि पर्छ । दाँत दुखाइ यसरी कम गर्न सकिन्छ ।
ल्वाङको तेल
दाँत दुखाइ कम गर्न ल्वाङको तेल प्रयोग गर्न सकिन्छ । ल्वाङको तेलका दुईतीन थोपा एउटा कपासको डल्लोमा भिजाउनुस् । अनि त्यसमा एक चौथाइ चम्चा जैतूनको तेल मिसाउनुस् । त्यसपछि दुखेको दाँतमा यो राखेर मुख बन्द गर्नुस् । यसले दुखाइ कम गर्छ ।
मजाले दाँत माझ्नुस्
दाँत सफा गर्नका लागि ब्रश गर्ने, फ्लस गर्ने वा माउथवाशले कुल्ला गर्ने सबै थोक गर्नुस् । कहिलेकाहीँ दाँतमा अड्केको खानेकुराका कारण दाँत दुख्छ ।
काँक्रो
काँक्रो टुक्रा पारेर दाँतमा राख्दा पनि दुखेको ठाउँमा राहत पुग्छ ।
टिब्याग
दाँत दुखेको ठाउँमा तातो टिब्याग राख्दा पनि राम्रो हुन्छ । टिब्यागमा भएको ट्यान्निक एसिडले गिजा फुल्नबाट रोक्छ ।
अदुवा
अदुवाको बोक्रा ताछ्नुस् र यसलाई टुक्रा टुक्रा बनाउनुस् । त्यसपछि दुखेको दाँतनेर लगेर मजाले चपाउनुस् । बिस्तारै दुखाइ कम हुँदै जान्छ ।
एजेन्सी