काठमाडौँ। देशभर थप ३९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ९६६ जनाको पीसीआर परीक्षणमा ३८५ जना र १ हजार १११ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६ जनामा गरी जम्मा ३९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ६८० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।