• मंसिर १३ २०८१, बिहीबार

मोहन वैद्य अस्पताल भर्ना

आश्विन ३१ २०७८, आईतवार

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य(किरण) स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।

वैद्यलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो । एक्कासी दम बढेर छातिमा पीडा भएपछि अस्पताल ल्याइएको बताइएको छ।
उपचारमा संलग्‍न चिकित्सकहरूका अनुसार दम बढेर उनलाई गाह्रो भएको र त्यसमै केन्द्रीत भएर उपचार जारी राखिएको छ । अस्पताल ल्याएलगत्तै उनको छातिको एक्सरे गरिएको र सो क्रममा सामान्य दाग समेत देखिएको बताइएको छ ।

नेता वैद्य लामो समयदेखि दमबाट पीडित छन् । आइतबार बिहान उनमा देखिएको समस्या धेरै गम्भीर नरहेको समेत चिकित्सकहरुले बताएका छन् ।