एजेन्सी । बाढीले भारतको केरलामा ६ जनाको मृत्यु भएको छ । शनिबारदेखि निरन्तर परेको वर्षले जनजीवन पनि प्रभावित बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
अहिले पनि केरला क्षेत्रमा निरन्तर पानी परिरहेकाले नागरिकको राहत र उद्धारका लागि सेना तैनाथ गरिएको जनाइएको छ। केरलाको इडुकी, पथनमथिट्टा, त्रिसूर र कोट्टयम बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएका छन् ।
भारतको मौसम विज्ञान विभागले केरला, कर्नाटक, तमिलनाडू, पुडुचेरी र कराईकल लगायतका क्षेत्रमा आइतबार झनै ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । अरब सागरमा विकसित प्रणालीका कारण केरलामा पानी परेको हो।