• मंसिर १३ २०८१, बिहीबार

बेलायतमा छुरा प्रहार गरी सांसदको हत्या

आश्विन ३० २०७८, शनिबार

काठमाडौँ। बेलायतमा एक सांसदको छुरा प्रहार गरी हत्या भएको छ। कन्जरभेटिभ पार्टीका सांसद ६९ वर्षीय डेभिड अमेसको हत्या भएको हो।

स्थानीय चर्चमा मतदाताहरुसँग भेटघाटको कार्यक्रममा रहेको बेला उनीमाथि छुरा प्रहार भएको थियो । गम्भीर अवस्थामा अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषित गरेका हुन्।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जना २५ बर्षीय युवालाई पक्राउ गरेको छ। सरकारले यो घटनालाई आतंककारी हमला भनेको छ।बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले राजनीतिमा रहेका दयालुमध्ये एक व्यक्ति गुमाउनु परेकोमा शोक व्यक्त गरेका छन्।  एजेन्सी