अफगानिस्तानको कान्दाहार सहरमा शुक्रबार प्रार्थनाको समयमा शिया मस्जिदमा भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ। घटनामा कम्तीमा ९० जना घाइते भएको बीबीसीले जनाएको छ।
स्थानीय सञ्चारमाध्यमहरूले जनाए अनुसार इमाम बारगाह मस्जिदमा विस्फोट गराइएको थियो।
विस्फोटका कारण मस्जिदका झ्यालहरू फुटेको र शवहरू भुइँमा अरसल्ल परेका सामाजिक सञ्जालमा राखिएका तस्वीरहरुमा देख्न सकिन्छ।
विस्फोटको कारण भने हालसम्म स्पष्ट भएको छैन, तर आत्मघाती हमलाकारीले विस्फोट गराएको हुन सक्ने आशङ्का गरिएको छ।
गत शुक्रवार उत्तरी शहर कुन्दुजस्थित शिया मस्जिदमा विस्फोट हुँदा कम्तीमा ५० जना मारिएका थिए।