काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरू टिकाराम घिमिरेबाट टीका ग्रहण गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।
त्यस अवसरमा प्रधानमन्त्री देउवाले प्रथम महिला डा. आरजु देउवा र छोरा जयवीर देउवालाई दसैंको टीका लगाइदिए। प्रधानमन्त्रीको निजी सचिवालयले जनाएअनुसार कोभिड–१९ महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रूपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीहरूलाई टीका लगाइदिए।
महामारीको जोमिखलाई मध्यनजर गर्दै राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम अघिल्लो वर्षझैं यस वर्ष पनि स्थगन गरियो।