कालीगण्डकी करिडोर सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको वडा नम्वर २ अर्बेनीको राक्से बौदीखोलामा सडक माथिबाट सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
शुक्रबार विहान करिब ९ बजेतिर पहिरो खसेर सडक अवरुद्ध हुँदा त्यस क्षेत्रमा सवारीहरु आवत रोकिएका छन् । दशैँको दिन टीका लगाउन जाने र आउनेहरुबीच बाटोमै रोकिएका छन् ।
पहिरोले खानेपानेको पाइप पनि बगाएको छ । सडक खुलाउने समय लागे राक्सेवासीलाई खानेपानीको समस्या आउन सक्नेछ ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले सडक खुलाउनका लागि डोजर पठाउने तयारी भइरहेको बताएका छन् । टीकाको दिन भएकाले डोजर अपरेटरहरु पनि नभएकाले समस्या भएको थापाको भनाइ छ।