• मंसिर १३ २०८१, बिहीबार

दाँत भाँचिने सम्भावना, दाँतको ख्याल यसरी राख्नुहोला

आश्विन २८ २०७८, बिहीबार

मुस्कानको पहिलो स्रोत दाँतको सुरक्षाका लागि खानपिनमा पनि ध्यान पुर्‍याउन जरुरी छ ।

गुलियो पदार्थ बढी खायो भने दाँतमा लाग्ने किरा अझ बढी बढ्ने सम्भावना हुन्छ । गुलियो पदार्थले शरीरमा सुगर, डायबिटिजका बिरामीहरूमा ब्लड सुगर बढेर जान्छ । यसले गिजामा असर गर्छ । गिजामा असर भयो भने यसको असर दाँतमा पर्दछ ।

गुलियो पदार्थहरू सकेसम्म कम खाऊँ । दाँतको काम चपाउने हो । यसलाई चपाउने बाहेक अन्य काममा प्रयोग नगरौँ । बोतल खोल्ने, प्लास्टिक झोला खोल्नका लागि यसको प्रयोग नगरौँ । जसले दाँत भाँचिने सम्भावना बढी हुन्छ ।

दाँतको सुरक्षागुलियो पदार्थ खाइसकेपछि प्रशस्त मात्रामा पानी पिउने र मुख कुल्ला गर्ने गर्न पर्छ ।

दाँतमा अड्किएको फोहोर बाहिर नआउन सक्छ । दाँतमा केही खानेकुरा अड्कियो भने दाँत सफा गर्नका लागि ब्रससँगै डेनटल फ्लस र इन्टर डेनटल ब्रस प्रयोग गर्नुपर्छ ।

टुथ पिक प्रयोग सकेसम्म नगर्दा राम्रो हुन्छ । यसको प्रयोग गर्दै गर्दा गिजामा चोट लाग्न सक्छ । रगत आउन सक्छ ।

खाना खाँदाखाँदै दाँत भाँचियो भने भाँचिएको ठाउँबाट इन्फेक्सन सुरु भएर नसाहरूमा पुग्न सक्छ । तसर्थ तुरुन्त अस्पताल जानु पर्छ ।