काठमाडौं । ताइवानको एक टावरमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको छ ।
ताइवानको दक्षिणमा पर्ने काओशुङ शहरको एक आवासीय र व्यावसायिक १३ तले टावरको ब्लकमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको हो।
आज बिहान आगलागी भएको सो ब्लकमा आगो निभाउन अग्नि नियन्त्रकहरुलाई चार घण्टा लागेको थियो । स्थानीय दमकल विभागलाई उद्धृत गर्दै ७९ जनालाई अस्पताल लगिएको बिबिसीले जनाएको छ ।
घाइतेमध्ये १४ को अवस्था गम्भिर रहेको बताइएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।